Who We Are
- Home
- Who We Are
संघको बारेमा
धादिङ बचत तथा ऋण सहकारी संघ लि. जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र सहयोग गर्ने मुल उद्देश्य सहित २०५७ साल चैत्र १४ गते स्थापना भएको हो । धादिङ जिल्लामा रहेका ९१ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये यस संघमा हाल ६९ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।
राज्यको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रको सुद्धिढिकरण आजको आवश्यकता हो । तिन तहमा रहेको नेपाल सरकारको संरचना र सबै तहबाट जारी सहकारी ऐन, नियमावली, निर्देशिका र मार्गदर्शनहरुको कार्यान्वयन सहकारी संस्थाले चुनौति महशुस गरिरहेको वर्तमान अवस्थामा यस संघको भूमिका अझै बढाउनु पर्ने आवश्यक छ ।
अहिले धेरै सहकारी संस्थाहरुमा आधारभूत आन्तरिक नीति तथा कार्यविधिहरु समेत छैनन् । सहकारीलाई नीति, विधि र प्रविधियुक्त बनाउन आवश्यक देखिएपनि व्यवहारमा निकै जटिलता देखिएका छन् । साकोस संस्थाहरु वित्तिय कारोवार गर्ने संस्था भएकाले वित्तिय कारोवार गर्ने संस्थामा जहिले पनि जोखिम विद्यमान रहेको हुन्छ । साकोसमा उत्पन्न यस्ता जोखिम कमगर्नको लागि यस संघ र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ बिच व्यवशाय साझेदारी गरी स्तरिकरण कार्यक्रम मार्फत सहकारी संस्थाहरुलाई आवश्यक सहयोग गरिदै आएको छ ।
आव २०७८।२०७९ मा यस संघले साकोस रणनीतिक सुधार कार्यक्रमको निर्देशिका तयार गरी कार्यान्वयन गर्दै आएको छ । संघले स्तरीकरण (साकोस रणनीतिक सुधार कार्यक्रम) कार्यक्रममा बढीभन्दा बढी साकोसहरु आवद्ध गरी सुरक्षित र गुणस्तरिय साकोस बनाउन प्रयास गरिरहेको छ ।
त्यसैगरी साकोसहरु एक आपसमा सञ्जालिकृत भई आपसमा सिकाई आदन प्रदान गर्नको लागि पालिका स्तरिय सञ्जाल निर्माण गरी सदस्हरुलाई गुणस्तरिय सेवा प्रवाह गर्न सहजिकरण गरिनेछ । साकोसहरुको क्षमता विकासमा साकोस म्यानेजर्स क्लवको संलग्नतालाई पनि प्राथमिकता दिइएकोछ ।
जिल्लामा स्थापना भएका सबै सहकारीहरु विषयगत संघमा अनिवार्य सदस्य बन्नुपर्ने बागमती प्रदेश सरकारी ऐनको व्यवस्था कार्यान्वयनको लागि यस संघले विशेष जोड दिंदै आएको छ । यसरी साकोस अभियानलाई व्यवस्थित, सुरक्षित र गुणस्तरिय बनाउने संकल्प सहितको कार्यक्रमहरु संघको प्राथमिकतामा राखी कार्य सम्पादनमा जोड दिइएको छ ।