सूचना
धादिङ बचत तथा ऋण सहकारी संघको २०औं वाािर्षक साधारणसभा सम्पन्न
धादिङ बचत तथा ऋण सहकारी संघको २०औं वाािर्षक साधारणसभा २०८१ असोज ५ गते शनिबार सम्पन्न भएको छ ।
संघका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभामा संघले आर्थिक वर्ष २०८०।२०८१ को प्रगति प्रतिवेदन, आर्थिक प्रगति प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१।२०८२ को प्रस्तावित नीति, कार्यक्रम तथा बजेट पारित गरेको थियो । त्यसैगरी साधारणसभाले संघको आर्थिक वर्ष २०८१।२०८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने, सञ्चालक समिति र प्रमुख व्यवस्थापकको पारिश्रमिक निर्धारण लगायतका विषयमा निर्णय गरेको छ ।
संघले सदस्य संस्थाहरुलाई गत आर्थिक वर्ष २०८०।२०८१ को नाफाबाट शेयर लाभांश कोषमा जम्मा भएको रकमबाट १६ प्रतिशतका दरले लाभांश वितरण गर्ने र सदस्य संस्थाहरुको बचत तथा ऋण कारोवारको आधारमा संरक्षित पूँजी फिर्ताकोषको रकम वितरण गर्ने निर्णय गरिएको छ ।
सधारणसभाको अवसरमा संघद्धारा सञ्चाललित साकोस रणनीतिक सुधार कार्यक्रममा आवद्ध ६ वटा साकोसहरुलाई कार्यक्रममा आवद्धताको प्रमाणपत्र उपलब्ध गराइएको थियो । त्यसैगरी संघले सदस्य संस्थाहरुलाई विभिन्न विधामा पुरस्कृत गर्ने क्रममा आर्थिक वर्ष २०८०।२०८१ मा जिल्लाको उत्कृष्ठ साकोसको रुपमा नीलकण्ठ नगरापलिका वडा नं. ३ मा रहेको श्रोत परिचालन साकोस, उत्कृष्ठ व्यवस्थापकमा नवज्योती साकोस, धुनिवेसी ६ का व्यवस्थाक हरिहर लुइटेल पुरस्कृत हुनुभएको छ । त्यसैगरी वर्षको उत्कृष्ठ बचत कारोवारमा नीलकण्ठ नगरपालिका वडा नं. ३ मा रहेको भैरवी साकोस, नियमित बचत कारोवार गर्ने संस्थामा उद्योग वाणिज्य साकोस र संघको लक्ष्य अनुसार शेयर खरिद गर्ने संस्थाहरु शिवज्योती महिला साकोस, सहारा महिला साकोस, स्वर्णिम साकोस, भैरवी साकोस र श्रोत परिचालन साकोसलाई प्रशंसा पत्र द्धारा सम्मान गरिएको थियो ।
त्यसैगरी साधारणसभाको अवसरमा संघमा रिक्त एक जना सञ्चालक सदस्य पदमा सर्वसहमत रुपमा रामकोट बचत तथा ऋण सहकारी संस्था नीलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष श्री राजकुमार श्रेष्ठलाई निर्वाचित गरेको छ । संघले गत आर्थिक वर्ष २०८०।२०८१ को असार मसान्त सम्ममा २४ करोड २२ लाख भन्दा बढीको कारोबार गरिरहेको छ ।
Related notices
-
धादिङ बचत तथा ऋण सहकारी संघको २०औं वाािर्षक साधारणसभा सम्पन्न
थप पढ्नुहोस् -
धादिङ बचत तथा ऋण सहकारी संघको १९ औं वार्षिक साधारणसभा मंसिर ९ गते आयोजना हुने
थप पढ्नुहोस्